दफा १३
साझेदारीमा रहेको जायज्येथा
:– साझेदारीको जम्मा जायज्येथा देहाय बमोजिम हुनेछ – (क) साझा कारोबार शुरु हुँदा त्यसको लागि जम्मा गरिएको सबै जायज्येथा, (ख) साझेदारीको लागि वा त्यसका निमित्त वा त्यसका प्रयोजनमा प्राप्त गरेको जायज्येथा, (ग) साझेदारीले कारोबार गरी कमाएको धन, र (घ) साझेदारीमा चलाएको कारोबारबाट प्राप्त हुन आएको ख्याति (गुड वील) । स्पष्टीकरण – प्रसङ्गबाट अन्य इरादा देखिएकोमा बाहेक फर्मको धन हाली प्राप्त गरेको सबै सम्पत्ति र हकहरु फर्मको निमित्त प्राप्त गरेको मानिनेछ ।